समाचार

नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य

अध्यक्षका अन्य तीन जना प्रत्यासीहरु चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गर्नुभएको छ । यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि आज निर्वाचन भएको हो ।

त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका हुन् । 

उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गरेका थिए । शाक्यका निकटतम् प्रतिद्वन्द्वी हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गरे । कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।