८ वैशाख, काठमाडौँ । पराजुली समाज नेपालको अध्यक्षमा पुनः अधिवक्ता बिश्वम्भरकृष्ण पराजुली निर्बाचित भएका छन् ।
यसै गरी बरिष्ठ उपाध्यक्षमा इश्वरी पराजुली, महासचिवमा बिष्णु पराजुली, कोषाध्यक्षमा सीता कंडेल पराजुलीलगायतका ३१ सदस्यीय समिति गठन भएको छ ।
जम्मा ३१ जनाको कार्यसमितिमा १९ जना निर्बाचित र १२ जना मनोनीत सदस्य रहेको पराजुली समाजले आज दिनभर भएको सातौं साधारण अधिवेशनबाट सहमतीमा कार्यसमिति चयन गरेको हो ।
समाजको आजको अधिवेशन कार्यक्रममा प्रमुख अतिथीको रुपमा डा गोबिन्द टन्डन रहेका थिए भने बिशिष्ठ अतिथीमा कौण्डिन्य गोत्रीय महासमाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यरहेका थिए ।
केन्द्रीय अध्यक्ष आचार्यद्वारा कौण्डिन्य गोत्रीय महासँघको क्यालेण्डर विमोचन