समाचार

बझाङ–१ मा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै काँग्रेस तेस्रो

१६ वैशाख, चैनपुर (बझाङ) । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका–९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३१ सय ८७, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार  २५ सय ६५, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले  १८ सय १० मत प्राप्त गरेका छन्  । 

त्यसैगरि नेकपा(एकीकृत समाजवादी) का दिलबहादुर सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काले उनिहरुलाइ पछ्याइरहेकाे मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।