राजनीति

गल्ती गरेको प्रमाण भेटिए, मेरो लागि ८ बर्षको सजायले पुग्दैन, फाँसी होस्ः सन्दीप लामिछाने

२५ बैसाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफुले गौसाला २६ प्रति कुनै पनि गलत कृयाकलाप नगरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ भनेका छन् ।

उनको भनाई जस्ताको तस्तैः धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकारमा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ। तर मैले कति सहनु ? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदिहरु रहेछन् अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंताहरूलाई मेरो यो खुल्ला चुनौती हो वहांहरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् मलाई ८ बर्षले पुग्दै पुग्दैन। तपाईंहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँ ले बुझेको छ। म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारको लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवानले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्नेहरु यती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहिले मलाई पिडितको नाटकीय त्रूप फाल्यो भनेर लेख्लान्। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ, जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुनले नहोला धर्मको अग्निपरिक्षामा तपाईहरुले आफ्नो कर्मको फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु। अन्तिमा म निर्दोष छु र मेरो निर्दोशितामा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवनभर ऋणी रहने छु। फेरि पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फाँसी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस्। बिन्ती छ।🙏
सन्दिप लामिछाने