३० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा आरोपित फरार व्यक्तिलाई लिएर एउटै सरकारका प्रधानमन्त्री र गृहमन्त्री बीचमा फरक मत आउनुले यस विषयमा सरकार कति लाचार छ भन्ने प्रष्ट देखिन्छ भनेका छन् ।
उनले प्रधानमन्त्री र गृहमन्त्री बीचको विवादास्पद अभिव्यक्तिमा दोषी को हो, प्रधानमन्त्री की गृहमन्त्री ? भन्ने कडा प्रश्न गर्दै
सहकारी ठगी प्रकरणमा आरोपित फरार व्यक्तिलाई लिएर एउटै सरकारका प्रधानमन्त्री र गृहमन्त्री बीचमा फरक मत आउनुले यस विषयमा सरकार कति लाचार छ भन्ने प्रष्ट देखिन्छ भनेका छन् ।
उनको ट्वीटः
गृहमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सहकारी ठगीमा आरोपित व्यक्तिलाई अघिल्लो सरकारले भगाएको हो भन्ने, फेरि प्रधानमन्त्री स्वयंले त्यसको खण्डन गर्ने !
गृह मन्त्रीले इंगित गरेका ुहिजोको सरकार र आजको सरकारुको नेतृत्व गर्ने व्यक्ति पक्कै एउटै हुन भने सरकारको जवाफदेहिता खै ?
यस्तो गम्भीर विषयमा प्रधानमन्त्री र गृहमन्त्री बीचको विवादास्पद अभिव्यक्तिमा दोषी को हो, प्रधानमन्त्री की गृहमन्त्री ?
यहाँ प्रश्न अभिव्यक्ति कसले दियो भनेर एउटा व्यक्तिको ‘नाम र थर’ सँग मात्र जोडिएको छैन, राज्यको जिम्मेवार पद र निकाय सँग जोडिएको छ ।
लाखौं नागरिकले बचत गरेको अरबौं रुपैयाँ ठगी गरेको यति ठूलो घोटालामा सरकार जिम्मेवार भएर दोषीलाई कारवाही गर्ने र बचत कर्ताको रकम फिर्ता गर्ने कार्यमा लाग्नुको सट्टा कहिले दोषीलाई क्लिनचिट दिन संसद्को दुरुपयोग गर्ने, कहिले राज्यका निकायको दुरुपयोग गर्ने, कहिले आफ्नै गृहमन्त्रीको अभिव्यक्तिको जिम्मेवारी समेत लिन नसक्ने ?
त्यसैले, सरकारले कहिले आफ्नो अक्षमता त कहिले निरंकुशता प्रदर्शन गरेर होइन, जिम्मेवार भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन आफ्नो ऊर्जा खर्च गरोस् ।
सहकारी ठगीको यस विषयमा नेपाली कांग्रेस प्रष्ट छ – संसदीय छानविन समिति बन्नु पर्छ । निष्पक्ष छानबिन गरेर दोषी जो कोहीलाई कारवाही हुनुपर्छ ।
सहकारी सँग जोडिएको यो विषय मात्र होइन, हिजोका सबै सरकार र सरकारमा रहेका व्यक्ति तथा राज्यको सेवा सुविधा लिएर लाभको पदमा बसेका व्यक्ति सबैको छानबिन हुनुपर्छ र दोषी ठहरिएमा कानुनी कारवाही हुनुपर्दछ ।