२ जेठ, काठमडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठग जिवी राईलाई @PM_Nepal_ ले नै भगाउनु भएको हो ? भनेर कडा प्रश्न गरेका छन् ।
यपसभापति गुरुङले होइन भने गृहमन्त्री लामिछानेले सिधै प्रधानमन्त्रीमाथी जिवी राई भगाएको जघन्य आरोप लगाउँदा पनि उनै गृहमन्त्रीसँग प्रधानमन्त्रीले कुम जोडेर गफ गरिरहन्छन् भने गृहमन्त्रीले लगाएको आरोप सत्य साबित हुँदैन र @PM_Nepal_ ज्यु ? भनेर प्रधानमन्त्री दाहाललाई कडा प्रह्न गरेका हुन् ।
केहीदिन अगाडी उपप्रधान एबम् गृहमन्त्री रवि लामिछानेले अघिल्लो सरकारले जीवी राईलाई भगाएको आरोप लगाएका थिए भने त्यसको इन्कार प्रधानमन्त्री पुष्पकमल दाहालले गरिसकेका छन् ।
अहिले नेपाली काँग्रेसले यस विसयलाई पनि स्थान दिएर प्रधानमन्त्री र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तीब्र बिरोध गरिरहेको छ ।
उपसभापति गुरुङको ट्वीटः
सहकारी ठग जिवी राईलाई @PM_Nepal_ ले नै भगाउनु भएको हो ?
होइन भने गृहमन्त्री लामिछानेले सिधै प्रधानमन्त्रीमाथी जिवी राई भगाएको जघन्य आरोप लगाउँदा पनि उनै गृहमन्त्रीसँग प्रधानमन्त्रीले कुम जोडेर गफ गरिरहन्छन् भने गृहमन्त्रीले लगाएको आरोप सत्य साबित हुँदैन र @PM_Nepal_ ज्यु ?