३ जेठ, काठमाडौं । उपप्रधान एबम् गृहमन्त्री रवि लामिछानेले एक पटक बोल्न पाउनु पर्यो भनेर ट्वीट नै गरेका छन् ।
सहकारी ठगीसम्बन्धी बिषय छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै काँग्रेसले संसद अबरुद्ध गरिरहेको बेला रास्वपा सभापति समेत रहेका उनले यति घिन लाग्दो मिडिया ट्रायल ??? भन्दै प्रश्न गरेका छन् । उनले डाको छाडेर आफुले संसदमा एकपटक बोल्न पाउनुपर्यो भनेर भनेका छन् ।
उनले भनेका छन्ः
एक पटक बोल्न पाउनु पर्यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ???