सामाजिक सञ्जाल

मौनता र भारतीय हस्तक्षेप निन्दनीय छन् भन्दै नेता रावलले प्रश्न गरे, ‘सरकार र दलहरू कहाँ छौ ?’

३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अतिक्रमित कालापानी–व्यास क्षेत्रमा भारतले मतदान संचालन गर्दा त्यसप्रति आपत्ति जनाउदै नेपाल सरकारले कूटनीतिक रूपमा केही बोल्छ कि भनेर हेरेको केही बोलेको देखिएन भनेका छन् ।

उनले भनेका छन्, ‘‘संसदले संविधान संशोधन गरी नक्शामा समाविष्ट भूमिबारे सरकारी मौनता र भारतीय हस्तक्षेप निन्दनीय छन्। सरकार र दलहरू कहाँ छौ ?’’

उनको ट्वीटः अतिक्रमित कालापानी–व्यास क्षेत्रमा भारतले मतदान संचालन गर्दा त्यसप्रति आपत्ति जनाउदै नेपाल सरकारले कूटनीतिक रूपमा केही बोल्छ कि भनेर हेरेको केही बोलेको देखिएन। संसदले संविधान संशोधन गरी नक्शामा समाविष्ट भूमिबारे सरकारी मौनता र भारतीय हस्तक्षेप निन्दनीय छन्। सरकार र दलहरू कहाँ छौ ?