सामाजिक सञ्जाल

जनता रणभुल्लमा पारिँदा रहेछन् भन्ने कुरा देख्दा निकै दुःख लागेको छ, आक्रोश जागेको छः डा ताेशिमा कार्की

४ जेठ, काठमाडौं । रास्वपा साँसद डा टोसिमा कार्कीले जननिर्वाचित प्रतिनिधिलाई संसदमा लगाइएको आरोपमा स्पष्टिकरण दिनै नदिने, बोल्नै नदिने भन्ने पनि हुन्छ ? भन्दै कडा प्रश्न गरेकी छन् ।

ललितपुरबट निर्वाचित रास्वपा साँसद डा कार्कीले जनता कसरी रनभुल्लमा पारिँदा रहेछन् भन्ने कुराको चुरो देख्दा र बुझ्दा निकै दुःख लागेको छ। आक्रोश जागेको छ भनेकी छन् ।

उनको ट्वीटः
नागरीकको लागि योजना बनाउनु छ। नीति कार्यक्रम तय गर्नु छ। बजेट निर्माण गर्नु छ। तर केही लोकतान्त्रिक बताउने दलहरुलाई नै अलोकतान्त्रिक प्रतिशोध र गतिरोधको राजनिती मै अलमलिनमा रमाईलो लागेको छ। जननिर्वाचित प्रतिनिधिलाई संसदमा लगाइएको आरोपमा स्पष्टिकरण दिनै नदिने, बोल्नै नदिने भन्ने पनि हुन्छ ?

संसदिय समिति बनाऊ बनाऊ भनिरहने..अनि ओहो बोल्यो भने त बनाउँछु नै भन्देला.. अनि मुद्दा सकिएला आफू पनि फसिएला भनेर फेरि बोल्नै नदिने ? बनाऊ बनाऊ भन्ने अनि बनाउन पनि नदिने रु संसद चल्नै नदिने ?? बजेटको मुखमा आएर चालू वर्षको समिक्षा र आगामी वर्षको योजना साटो कुर्सी र ईगोको लडाई वा !! जनता बरु निकै सचेत रहेछन्। त्यसै गत निर्वाचनमा ११ लाख जनताले मत फेरेका होईनन् रहेछ। हामीलाई विश्वास छ, जनताले सबै मुल्याङ्कन गरिरहेकै छन्।

यसरी जनताको मत र संसदिय गरिमाको उपहास भईरहेको दृश्यको प्रतक्षदर्शी भईरहँदा सम्भावनै सम्भावना भएको हाम्रो देशमा समृद्दीका प्रयासहरुको घाँटी कसरी निमोठीदो रहेछ र जनता कसरी रनभुल्लमा पारिँदा रहेछन् भन्ने कुराको चुरो देख्दा र बुझ्दा निकै दुःख लागेको छ। आक्रोश जागेको छ। र अब प्रतिस्थापनको राजनीति गर्नैपर्ने अठोट झन् बलियो भएको छ।