७ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ भनेका छन् ।
रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले मैले कसैलाई कुनै आरोप लगाएको छैन भन्ने दाबीसमेत गरेका छन् ।
आईतबार अपरान्ह संसदमा बोल्दा उनले काँग्रेस महामन्त्री गगन थापालगायतका बिषयमा ब्यक्तीगत आरोपसहित उत्रिएको भन्ने कुराहरु बाहिर आईरहेका बेला आफूले कसैलाई पनि आरोप नलगाएको दाबी गरेका हुन् ।
लामिछानेलेआज बिहान ट्वीट गर्दै संसदीय समिति बनाउने कुरामा सहमती जनाएको बताएपनि पुनः बिपक्षीको माग बमोजीम नै संसदीय समिति बनाउने कुरामा सहमती रहने दोहोर्याएका छन् ।
नेपाली काँग्रेससहितका विपक्षी दलहरुले संसदीय समिति बनाउनुपर्ने भन्दै त्यसका लागि सडक र सदनमा आन्दोलन गर्ने निर्णय गरेको केहीबेरमा नै ट्वीट गर्दै उक्त सहकारी ठगीका बिषयमा छानविन गर्न समिति बनाउने कुरामा सहमती रहेको बताएका हुन् । उनले संसदीय वा जुनसुकै प्रकारको समिति बनाउन र सहकारी वा सबैमा छनविन गर्न चुनौती दिएका छन् ।
उनको ट्वीटः
मैले के भनें भनेर पनि फेरि भन्नू पर्ने कस्तो आश्चर्यः
शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने,
१. मैले कसैलाई कुनै आरोप लगाएको छैन। मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको।
२. हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन । प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ –छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ।
सार चाहिँ यत्ती नै हो, समाचार त के के आयो आयो …
–गले गृहमन्त्री लामिछाने, यसरी भए सहकारी ठगीमा संसदीय समिति बनाउन तयार