८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानविन हुन नदिने भन्दै गृहमन्त्री रवि लामिछानेको कैलाश शिरोहीया पक्राउ गरेकोमा कडा बिरोध गरेका छन् ।
उनले ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन भनेका छन् ।
बरिष्ठ नेता डा कोईरालाले प्रहरीले सही र गलत छुट्याँउनेमा विश्वस्त छु भनेका छन् ।
उनको ट्वीटः
आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन ।
प्रहरीले सही र गलत छुट्याँउनेमा विश्वस्त छु ।
–कान्तिपुर अध्यक्ष कौलाश सिरोहीया गृहमन्त्री लामिछानेको ठाडो आदेशमा पक्राउ, लामिछानेको सर्बत्र बिरोध