राजनीति

कैलाश सिरोहियाले नागरिकता कानून मिचेको भए कार्वाई हुनुपर्छ तर गृहमन्त्रीले कानून मिच्दा कसरी छुट हुनसक्छ ?: नेता रावलको प्रश्न

भीम रावल

१० जेठ, काठमाडौं । पूर्व गृहमन्त्री भीम रावलले कैलाश सिरोहीयालाई नागरीकतामा गैर कानूनी कार्य गरेको भए कारबाही हुनुपर्नेमा दुईमत नभएको बताएका छन् ।
उनले कान्तिपुर समूहका अध्यक्ष कैलानश सिरोहीयालाई कारबाही हुँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई एकैपटक नेपाली र अमेरीकी नागरीकता र पासपोर्ट लिएको तथा अरबौं रुपैयाँ सहकारी ठगी गरेको जस्ता समाचारहरु कान्तिपुलगायतका अधिकाँस पत्रपत्रिकामा आएकाले उनलाई चैं उन्मुक्ती दिन नहुने बताएका छन् ।
नेकपा एमालेका नेतासमेत रहेका रावलले कैलाश सिरोहीयालाई कानून मिच्दा कारबाही हुन्छ, हुनुपर्छ भने पदमा बसेर दुरुपयोग गर्नेलाई झनै बढी सजाय हुने व्यवस्था भएको भन्दै रवि लामिछानेलाई कानून मिच्दा कसरी छुट हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।

उनको भनाईः

कैलाश सिरोहियाले नागरिकता कानून मिचेको भए कार्वाई हुनुपर्छ। तर गृहमन्त्रीले कानून मिच्दा कसरी छुट हुनसक्छ ? राज्यका जिम्मेवार पदमा बस्नेले कानून मिच्दा बढी दण्ड सजाय हुन्छ। थपः