राजनीति

शीर्ष नेताको बैठकले पनि टुंगो लगाउन सकेन सहकारी ठगीको संसदीय समिति बनाउने बिषय

१२ जेठ, काठमाडौं । नेपाली काँग्रेसले उठाएको रवि लामिछानेको सहकारी ठगीमा संलग्नताको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने मागमा सहमति जुटाउन बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस उपसभापति पूर्ण बहादुर खड्का, नेता कृष्ण प्रसाद सिटौलालगायतको बैठकले सहमती टुंगो लगाउन सकेन ।
काँग्रेस सभापति शेरबहादुर देउवा बैठकमा नआएका कारण सहमती जुट्न नसकेको र आईबार बिहान बैठक बसेर टुंगो लाग्ने प्रधानमन्त्तीको सचिवालयले दाब्ी गरेको छ । आज कार्यदलले सहमती गर्न नसकेपछि शीर्ष नेताबाट टुंगो लगाउने सहमती भएअनुसार शीर्ष नेताको बैठक बसेपनि टुंगोमा पुग्न भने सकेन ।