आर्थिक

तोलामा चार सयले बढ्यो सुनको मूल्य

१७ साउन, काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४५ चार सय निर्धारण भएको छ । उता, चाँदीको मूल्य तोलामा १० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।