समाचार

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

६ असोज, काठमाडौँ । साइबर अपराधसम्बन्धी उजुरीमा नेपाल प्रहरीको साइबर ब्युरोद्वारा पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ ।

साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।