समाचार

रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासनको गेट अघि नै प्रदर्शन

७ असोज, काठमाडौँ । सहकारीको बचत अपचलन गर्ने रास्वापाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारीपीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् । पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा कारबाहीको सिफारिसमा परेका रविका तत्कालीन व्यापारिक साझेदार तथा प्रहरीका पूर्व डीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका थिए । जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

सहकारी पीडितले रास्वपा सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् ।