आर्थिक

२५ सय तल झर्‍यो सेयर बजार

८ असोज, काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक नौ दशमलव ५२ अङ्कले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सिमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता शेयर रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त आठ दशमलव ८१, अप्पर स्याङ्गे हाइड्रोपावर सात दशमलव ८३, एनआइबिएल ग्रोथ फन्ड चार दशमलव ८५, इन्ग्वा हाइड्रोपावर चार दशमलव १४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् । हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स आठ दशमलव ७४, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव ६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले सात दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटे । स्वरोजगार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.८ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ७.८, इङवा हाइड्रोको ४.१ तथा सीवाईसी लघुवित्तको ४ प्रतिशत बढ्यो ।

हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.७, बुद्धभूमि हाइड्रोको ७.९, स्वेतगंगा हाइड्रोको ७.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।