१४ असोज, काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले आज घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएको हो ।
गत २०८० असोज १ गते संशोधन भएको न्याय परिषद् नियमावलीको विरोधमा बारले आन्दोलन गर्दै आएको छ । संशोधित नियमावली गैर संवैधानिक रहेको बारको जिकिर छ । बारले विगत १ वर्षदेखि उक्त संशोधित नियमावली खारेजीको माग गर्दै आएको थियो ।
उक्त नियमावली खारेज नगरी न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि नबढाउन बारले दवाब दिइरहेको थियो ।
‘बार अध्यक्ष घिमिरेको अभिव्यक्तिलाई लिएर उहाँलाई अवहेलनाको कारवाही हुनुपर्ने भनी प्रतिवेदन पेश भएको, प्रतिवेदन अघि बढेपछि प्रारम्भिक सुनुवाइ होला, त्यसपछि बाँकी प्रक्रिया अघि बढ्ला’, सर्वोच्च स्रोतले भन्यो ।