१ कात्तिक, काठमाडौँ । स्थानीय तह उपनिर्वाचन, 2081 को मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगको आज मिति 2081/07/0१ गतेको निर्णयबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएको छ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, 2073 को दफा 25 को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। नागरिकता ऐन, द्दण्टघ संशोधनसहित को दफा (क) को उपदफा (2) को खण्ड ९ख० मा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था भएको हुँदा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नु पूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला निर्वाचन कार्यालयमा मिति 2081/07/05 गते भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।





