अन्तर्राष्ट्रिय

नवनिर्वाचित राष्ट्रपति प्रबोवो सुबिआन्तोद्वारा पदभार ग्रहण

४ कात्तिक, जकार्ता । इन्डोनेसियाका पूर्वसेनाप्रमुख प्रबोवो सुबिआन्तोले आइतबार देशको राष्ट्रपतिको पदभार ग्रहण गरेका छन् । हालको सरकारको रक्षामन्त्री रहेका सोबिआन्तोले राष्ट्रपति जोको विडोडोको स्थान लिनेछन् ।

फेब्रुअरीमा दुई प्रतिद्वन्द्वीमाथि पहिलो चरणको विजय दाबी गर्नुभएका प्रबोवोले आठ महिनाको सङ्क्रमण अवधिपछि संसद्मा नयाँ नेताको रूपमा आधिकारिक रूपमा शपथ ग्रहण गर्दै दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा उच्च पद जित्नका लागि आफ्नो दशकौँ लामो सङ्घर्षलाई मूर्त रूप दिएका छन् ।

आफ्नो अथाह सम्पत्ति, राष्ट्रवादी उत्साह फैलाउने लोकप्रिय भाषण र प्रभावशाली सेनाप्रमुखका रूपमा बलियो व्यक्तित्व प्रदर्शन गर्दै रक्षामन्त्री राष्ट्रपतिको पद हासिल गर्न सफल भएका हुन् ।

“अठार वर्षको उमेरमा मैले एउटा प्रतिज्ञामा गरेको थिएँ, म जनता र राष्ट्रका लागि मर्न तयार हुनेछु । मैले आफ्नो प्रतिज्ञा बिर्सिएको छैन”, उनले चुनावअघि एउटा चुनावी र्यालीमा भनेका थिए।

पूर्वसेनाप्रमुख प्रबोवोको राजनीतिक महत्त्वाकांक्षा सन् २००४ मा झल्किएको थियो तर उनी आफ्नो पूर्व गोलकर पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारी प्राप्त गर्न असफल भए ।

सन् २००९ मा उनले पूर्वराष्ट्रपति मेगावती सुकार्नोपुत्रीसँगै उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी अगाडि बढाएको थिए तर असफल थिए।

सुहार्तो शासनको अन्त्यमा नवनिर्वाचित राष्ट्रपतिले प्रजातन्त्रवादी कार्यकर्ताको अपहरणको आदेश दिएको आरोपलाई औंल्याउँदै प्रबोवोले कडा मेहनतले प्राप्त गरेको लोकतान्त्रिक स्वतन्त्रतालाई अधिकार समूहहरूले फिर्ता लिनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

कार्यकर्ता अपहरणको आरोपका कारण सन् १९९८ मा प्रबोवोलाई सेनाबाट बर्खास्त गरिएको थियो । संयुक्त राज्य अमेरिकाले वर्षौँसम्म उनलाई भिसा दिन अस्वीकार गर्यो, तर उनले आरोपहरू अस्वीकार गरे र उनलाई कहिल्यै आरोप लगाइएको थिएन ।

उक्त घटनापछि उनी आफ्नो छवि पुनःस्थापित गर्दै देशको राष्ट्रपति बन्न सफल भएका छन् ।

“हामी इन्डोनेसियाली जनताका लागि समृद्धि ल्याउन लड्नेछौँ । अघिल्लो राष्ट्रपतिले पहिले नै निर्माण गरिरहेकै कुरालाई हामी निरन्तरता दिनेछौँ”, प्रबोवोले चुनावी र्यालीमा समर्थकहरूलाई अन्तिम सम्बोधन गर्दै भने ।

प्रबोवोको जन्म सन् १९५१ मा एक सम्पन्न परिवार भएको थियो । उनका बुबाले देशको वित्त तथा व्यापारमन्त्रीको रूपमा सेवा गरेको थियो भने उनको हजुरबुबाले देशको पहिलो राज्यको स्वामित्वमा रहेको बैंक स्थापना गरेका हुन् ।

बाल्यकालमा स्विट्जरल्यान्ड र इङ्ल्यान्डमा बसेपछि उनी सन् १९७० मा इन्डोनेसिया फर्किएर सेनामा भर्ति भए ।

उनले सन् १९८३ मा सुहार्तोकी एउटी छोरी सिती हेदियाती हरियादीसँग विवाह गरेको थियो तर पछि उनीहरुबीच सम्बन्धविच्छेद भयो ।

सन् १९९७ र १९९८ को बीचमा केही प्रजातन्त्रवादी कार्यकर्ताहरू अपहरण हुँदा प्रबोवोले आन्तरिक अशान्ति कम गर्ने उद्देश्यले विशेष कारबाहीका लागि जकार्ताले प्रयोग गरेको ‘कोपासस’ भनेर चिनिने कुलीन सेना बलको नेतृत्व गरे ।

उक्त घटनामा एक दर्जनभन्दा बढी कार्यकर्ता बेपत्ता भएको र मरेको आशङ्का गरिएको छ भने साक्षीहरूले उनको सैन्य एकाइलाई पूर्वी टिमोरमा अत्याचार गरेको आरोप लगाएका छन् ।

अपहरणको आरोपमा उनलाई सन् १९९८ मा सेनाबाट बर्खास्त गरिएको थियो तर उनीमाथि कहिल्यै अभियोग लगाइएको थिएन र जोर्डनमा स्वैच्छिक निर्वासनमा रहेका थिए ।

निर्वासनबाट फर्किएपछि उनले राजनीतिमा प्रवेश गर्नुअघि पाम तेल र ऊर्जामा चासो लिएर व्यावसायिक जीवन सुरु गरे ।

इन्डोनेसियाको सहयोगी संयुक्त राज्य अमेरिकाले एकपटक उनको अधिकार रेकर्डका कारण भिसा अस्वीकार गरेको थियो र उनलाई सन् २०१४ को चुनावअघि अस्ट्रेलियाको भिसा कालोसूचीमा पनि समावेश गरिएको थियो ।

तर त्यसपश्चात उनलाई वासिङ्टन र क्यानबेराको भ्रमण गर्न अनुमति दिइएको छ र बदलामा उनले आफ्ना अमेरिकी र अस्ट्रेलियाली समकक्षीहरूलाई आतिथ्यता प्रदान गरेका छन् ।