अन्तरवार्ता

अहिले देखिएको जनलहर होईन, एक प्रकारको अराजक भीड होः केदार भण्डारी, सभापति, नेपाली काँग्रेस, सुनसरी (अन्तरवार्ता)

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति तथा इनरुवा नगरपालीकाका मेयर केदार भण्डारीसंग नेपाली काँग्रेसको पछिल्लो राजनीति गतिबिधिलगायत समसामायीक बिषयमा सुर्यखबर डट् कम प्रतिनिधि दिपीका खड्काले गरेको कुराकानीको सारसंक्षेपः


१५ औँ महाधिवेशन लाग्यो होईन, कस्तो छ तयारी ?
लाग्यो, कृयाशील सदस्यता नविकरण र नयाँ बितरण प्रकृया अगाडी बढिसकेको छ । लोकतान्त्रीक प्रकृया महत्वपूर्ण हो अन्य त सामान्य नै हो ।


तपाईको तयारी चैं १५ महाधिवेशनमा के छ ?
केन्द्रीय नेता तथा जिल्लाका साथीभाईहरुसँग छलफल र तयारी हुँदैछ ।

तपाई सुनसरी जिल्ला सभापति पनि हुनुहुन्छ, जिल्लाको राजनीतिको बारेमा के भन्नुहुन्छ ?
महामानव विपी कोईरालाको कर्मथलो, युगपुरुष गिरिजा प्रसाद कोईरालाको कर्मथलो, धेरै केन्द्रीय नेताहरु भएको राजनीतिक रुपमा महत्वपूर्ण जिल्ला सुनसरीमा काँग्रेसको राजनीतिक गतिबिधि राम्रो रुपमा अगाडी बढेको छ ।


१५ औं महाधिवेशन कस्तो हुनुपर्छ ?
समयमै अधिवेशन हुनुपर्छ, अधिवेशनका बेलामात्रै पार्टीमा देखा पर्नेहरुलाई पार्टीको कुनैपनि नेतृत्वमा ल्याउन हुँदैन, पार्टीभित्र निरन्तर खटेका साथीहरुलाई जिम्मेवारी दिनुपर्छ, युवाहरुलाई स्थान दिनुपर्छ, अग्रजलाई सम्मान गर्नपर्छ ।


देशभर लोकतन्त्रका लागि हजारौं कार्यकर्ताले बलिदान दिएको जेल नेल खाएको, प्रवास जीवन विताएको पार्टीहरुका बिरुद्ध जनलहर देखिनुको कारण के हो ?
अहिलेदेखीएको जनलहर होईन, एक प्रकारको अराजक भीड हो, सामाजिक सञ्जालमार्फत भएनभएका कुराहरु उजागर गरेर इतिहास मेटाउने प्रयत्न भईरहेको छ, महामानव बिपी कोईरालाले प्रजातन्त्रका लागि आह्वान गरी गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुवर्ण शम्सेरलगायतका नेताहरुले राणा शासनका विरुद्ध संगठन बनाउनु, राणाका विरुद्ध आन्दोलन गर्नु र जाहाँनीयाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नु चानचुने कुरा थिएन, जुन कुरा अहिलेका पुस्तालाई कथा वा वनावटी जस्तो लाग्न सक्छ । राजालाई प्रजातान्त्रीक बनाउने प्रयत्न गर्दा राजा प्रजातान्त्रीक नभई तानाशाह बन्ने प्रयत्न गरेका कारण देशको विकास हुन सकेन, अहिले राजाका पालामा यो भयो, त्यो भयो भनेर लोकतन्त्रबादीलाई खराव बनाउने प्रयत्न गरिँदैछ, २०४८ सालभन्दा अगाडी शिक्षाको स्तर के थियो ? देशमा कति डाक्टर, इन्जिनियर उत्पादन हुन्थे ? साक्षरताको दर के थियो ? स्वास्थ्यको अवस्था के थियो ? कति प्रतिशत नागरिक स्वास्थ्यको पहुँचभित्र थिए ? अहिले स्वास्थ्यको अवस्था के छ ? बाल मृत्युदर के थियो ? अहिले के छ ? औसत आयु के थियो ? अहिले के छ ? प्रतिव्यक्त िआय के थियो ? अहिले के छ ? बिद्युतमा जनताको पहुँच के थियो ? अहिले के छ ? बाटाघाटा कति थिए ? पहाडी जिल्ला जानलाई यातायातको साधन के थियो ? सदरमुकाम सम्म आईपुग्न कतिदिन हिँड्नुपथ्र्यो ? हाल आएर कुन पहाडमा बाटो पुगेको छैन ? खानेपानीको अवस्था के थियो ? अहिले काहाँ खानेपानी पुगेको छैन ? सँचारको अवस्था के थियो ? अहिले संचारमा पहुँच कस्तो छ ? कृषिको अवस्था कस्तो थियो ? अहिले कस्तो छ ? हिजो गरिव, दलीत, विपन्न, मधेशी, मुश्लीम, महिला, अल्पसख्यक, पीछडीएको क्षेत्रको राज्यमा पहुँच थियो । आज यही लोकतन्त्रका कारणले राष्ट्रपति प्रधानन्यायधीशलगायत विभिन्न पदमा यी वर्गको नेतृत्व छ, यही हो प्रजातन्त्रको खरावी ? के सधैं एउटै वर्गको बर्चश्व रहनुपर्ने ? हो, हाम्रो चाहनाअनुसार अझैं विकास हुन बाँकी छ, विकास निरन्तर चलिरहने प्रकृया हो, हामीले सोचेका धेरै कामहरु हुन बाँकी होलान् तर नागरिकको अधिकारको रक्षा र देशको विकास लोकतन्त्रविना सम्भव छैन ।


तपाई सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालीकाको मेयरसमेत हुनुहुन्छ, तपाईको नगरपालीका र नयाँ आएका मेयरहरु बालेन शाह, हर्क शाम्पागं, गोपाल हमालहरुको अनि थुनामा परेका हिराशतमा गृहमन्त्री रवि लामिछानेका बारेमा के भन्नुहुन्छ ?
उहाँहरु लोकतन्त्र भएकै कारण जनप्रतिनिधिको रुपमा निर्बाचित हुनुभएको हो । लोकतन्त्रको सुन्दर पक्ष भनेको बिधिको शासन स्वतन्त्र न्यायपालीका प्रेश स्वतन्त्रता हो । उहाँहरुले यसका बिरुद्धमा के के गर्दै हुनुहुन्छ, त्यसको मूल्याँकन समयले गर्नेछ ।


देशभर सहकारीको बिषयमा बिबाद आएको छ, कतिपय संचालक–ऋणीहरु अनुसंधानका लागि थुनामासमेत परिरहेका छन्, यस विषयमा के भन्नुहुन्छ ?


सहकारीलाई जजसले सहकारीको रुपमा चलाउनुभयो, ती सहकारी सफल छन्, जसले आफ्नो ब्यक्तीगत सम्पतीको रुपमा चलाउनुभयो, त्यहाँ अपचलन भएको छ, भ्रष्टाचार भएको छ, गरिव जनताले भबिष्यको सपना बोकेर जम्मा गरेको सम्पती संरक्षण गर्ने दायीत्व राज्यको हो, त्यस प्रकारका अपराध गर्नेहरुलाई कडा कारबाही हुनुपर्दछ ।


अन्त्यमा ?
लोकतन्त्रबिना सबै तह र तप्काका जनताको विकास समृद्धि र राष्ट्रिय हीत सम्भव छैन, हामी सबै मिलेमा संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधानको संसोधन गर्न सक्छौं, आफुलाई चित्त नबुझेका कुरा ब्यक्त गर्न, प्राप्त गर्न सक्छौं, त्यसैले, यसैभित्र रहेर देश विकासमा लागौं ।