२३ कात्तिक, जेरुसेलम । एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिएका छन् ।
प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’ को कारणबारे केही बताएको छैन, तर डच सञ्चारमाध्यम एटी–फाइभले बिहीबार राति युरोपा लिगको एक खेलमा समर्थकहरूबीच झडप भएको रिपोर्ट गरेको छ । बिहीबारको खेलमा इजरायली फुटबल टोली म्याकाबी तेल–अभिभले अजाक्स एम्स्टर्डमको सामना गरेको थियो।
रिपोर्टअनुसार शहरको मध्यभागमा थुप्रै व्यक्तिबीच झगडापछि भौतिक आक्रमण र तोडफोडका घटनासमेत भएका छन् ।
“प्रधानमन्त्री नेतन्याहूले यस भयानक घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ र डच सरकार र सुरक्षा बलहरूले दङ्गाकारीहरूविरुद्ध कडा र छिटो कदम चाल्न र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरे,“ नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
“घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षा गाडीहरू उपस्थित भइसकेका छन् भने सम्भावित थप झडपलाई मध्यनजर गर्दै थप सुरक्षाकर्मीलाई बोलाइएको छ,’ विज्ञप्तिमा भनेका छन् । प्रहरी प्रवक्ताले एएनपी समाचार संस्थालाई दिएको जानकारीअनुसार घटनामा संलग्न रहेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको छ ।
बिहीबार एम्स्टर्डमको प्रहरीले सामाजिक सञ्जालमा एउटा भवनबाट प्यालेस्टाइनको झण्डा च्यातिएकोलगायत राजनीतिक संलग्नताको आरोप लागेका घटनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको जनाएको छ ।