अन्तर्राष्ट्रिय

अफगानिस्तानका हजार भन्दा बढी पूर्व सरकारी अधिकारी स्वदेश फिर्ता

२३ कात्तिक, काबुल । अफगान व्यक्तित्वहरूको सम्पर्क तथा स्वदेश फिर्ता आयोगले अप्रिल सन् २०२२ देखि एक हजार आठ जना भूतपूर्व सरकारी सदस्यहरू आफ्नो देश फिर्ता भएको आयोगको प्रवक्ता अहमदउल्लाह वासिकले भनेका छन् ।

मन्त्री, सेनापति, गभर्नर र कमाण्डर लगायत अफगान व्यक्तित्वहरूसँगको सम्पर्क मार्फत पूर्व अधिकारीहरू स्वदेश फर्किएका वासिकले बताए । देश फर्केका सबै व्यक्ति सुरक्षित रहेको र आफ्नो जिम्मेवारी सम्हालेको छ ।

अगस्ट सन् २०२१ मा तालिवानले कब्जा गरेपछि धेरै अफगान सुरक्षा बल र निजामती कर्मचारीहरूले अफगानिस्तान छोडका थिए ।

अफगानिस्तानको कार्यवाहक सरकारले अप्रिल २०२२ मा अफगान व्यक्तित्वहरूको सम्पर्क र स्वदेश फिर्ता गर्ने आयोग गठन गर्यो, जसले सरकार परिवर्तन पछि देश छोडेका अफगानहरूलाई आफ्नो मातृभूमि फर्कन मद्दत गरेको छ ।