समाचार

एमाले नेता अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२७ कात्तिक, काठमाडौं । मानव तस्करीका आरोपित एमाले नेता एवं कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पूर्वमन्त्री अधिकारीलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

एमाले नेता अधिकारी मानव तस्करीको आरोपमा गत कार्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनलाई जहाजमार्फत काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।