१४ मंसिर, काठमाडौं । एनपीएलको टिकट सबै बिक्री भईसकेको भन्दै टिकट नहुनेलाई आफुलाई फोन नगरी घरैबाट हेर्न आग्रह गरेका छन् ।
उनले आफुहरुको समस्या बुझिदिन आग्रह गर्दै टेलिभिजन र डिजिटल माद्यमबाट आइपीयल हेर्न उनले आग्रह गरेका छन् ।
कँयान महासचिव खड्काले भनेका छन्, क्रिकेट संघ नेपालले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं।’
उनले सामाजिक सञ्जालमार्फत थपेका छन्, ‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं।’
महासचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत थपेका छन्, ‘बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।’