६ पुस, सुनसरी । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा साङ्गीतिक कार्यक्रको आयोजना गरी उनको योगदानको सम्झना गर्दै स्मृति दिवस मनाइएको हो ।
धनमायाको पुण्यतिथिको अवसरमा शुक्रबार उनका रचना र गीतहरूलाई गाएर उनीप्रति श्रद्भाव अर्पण गरिएको सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए । उनले भने, “उनको पुण्यतिथिको अवसरमा आठवटा गीत प्रस्तुत गरिएको थियो भने उहाँको जीवनीबारे छलफल र चर्चा गरिएको गरियो ।”
नेपाली परम्परागत मौलिक संस्कार संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउँदै महासचिव केसीले धनमाया तामाङबाट नेपाली मौलिक संगितको संरक्षण प्रवर्द्धनका लागि गरेको महत्त्वपूर्ण योगदान पुगेको स्मरण गरे ।” विशेष गरी नेपालको पश्चिम भागमा प्रचलित भाकालाई पूर्वमा प्रचारप्रसार गरेर पूर्व र पश्चिमको भावनालाई जोड्ने संस्कृति विकासमा निकै सहयोग पुगेको उनले बताए ।
धनमाया तामाङले आफ्नो जीवनलाई नेपाली मौलिक सङ्गीत संस्कृतिको प्रवर्द्धनका लागि खर्चिए । जुन सम्मानित कार्य रहेको छ । भूगोलले पूर्व–पश्चिम रहे पनि पश्चिम भागमा रहेका सङ्गीत संस्कृतिलाई पूर्वी भागमा फैलाउने जोड्ने काम यस कार्यक्रमले गरेको छ ।
नेपालमै पहिलोपटक ठाडो भाका, ढिलो भाकार दाई गीत रेकर्ड गरी श्रोता दर्शकमाझ ‘धन’ २०५८ अडियो र २०६३ मा अडियो ‘भिजुअल’ प्रस्तुत गरेपछि उहाँ नेपाली जनमानसमा निकै लोकप्रिय बनेको थियो । धनमाया तामाङ नेपालको लोकगीतको उर्बर भूमि लमजुङमा २०१७ साल फागुन २० गते जन्मिएको थियो । उनले २० थरीभन्दा बढी लोकभाका गाउन सक्ने उनले लोप हुन लागेका ठेट लोकगीतहरू नेपालमै पहिलोपटक ७२ देखि ७४ वर्षको उमेरमा रेकर्ड गरेर ‘धन’ अडियो तथा म्युजिक भिडियो प्रस्तुत गरी लोकसङ्गीत संरक्षण र सम्वर्द्धनको क्षेत्रमा उनको ठूलो योगदान रहेको छ ।
मधुरीमा फूलकुमारी महतो सम्मान २०५८ द्वारा समेत सम्मानित भएको उनी ७५ वर्षको उमेरमा २०६१ साल पुस ५ गते काठमाडौँमा स्वर्गवास भएका थिए ।