प्रवास

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

१५ पुस, काठमाडौँ । नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पुर्याउँदै आएको कार्टर सेन्टरका संस्थापक जिमी कार्टरको निधन भएको छ । प्रजातन्त्र, मानवअधिकार र शान्तिका लागि जिमी कार्टरले जीवनपर्यन्त गरेका कार्यहरूको विश्व समुदायबाट स्मरण गरिएको छ ।

संविधानसभाका दुवै निर्वाचनमा स्वयम् उपस्थित भएर उनले निर्वाचन पर्यवेक्षण गरेका थिए । कार्टर सेन्टरले नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग गरेको थियो ।

निर्वाचन र लोकतन्त्रको आधुनिकीकरणको प्रमुख श्रेय कार्टरलाई दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउछन् । कार्टर सेन्टरले संविधानसभाका दुवै निर्वाचन र विसं २०७४ को निर्वाचनमा निर्वाचन आयोगलाई सहयोग गरेको थियो । कार्टर सेन्टरले निर्वाचनका लागि आवश्यक प्रविधि, कानुनी र नीतिगत व्यवस्था तथा निर्वाचन पर्यवेक्षणको मापदण्ड बनाउने गरेको उनले बताए ।

प्रमुख आयुक्त थपलियाले भने, “कार्टर सेन्टरले संसारभर लोकतन्त्र र निर्वाचनप्रतिको विश्वास अभिवृद्धि गर्ने, समग्र निर्वाचन प्रणालीका असल अभ्यासलाई प्रत्येक देशका निर्वाचन व्यवस्थापन निकायले अनुसरण गर्ने, निर्वाचनलाई पहुँचयोग्य मताधिकार सुनिश्चित गर्ने बनाउने र निर्वाचनको माध्यमबाट अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिमा सहयोग पु¥याउँदै आएको छ ।”

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कार्टरलाई लोकतन्त्र र प्रजातन्त्रको पिताभन्दा फरक नपर्ने बताए । उनले मानवअधिकार, शिक्षा र प्रजातन्त्रको सन्दर्भमा पनि विश्व समुदायमाझ कार्टरको ठूलो योगदान रहेको उल्लेख गरे । “अमेरिकाको मात्रै नभई संसारभरको लोकतन्त्र सुदृढीकरणमा कार्टरको योगदान थियो”, उनले भने ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका सन्दर्भमा कार्टर नेपाल आएको स्मरण गरे । “विश्व र नेपालका लागि उहाँ प्रजातन्त्रको प्रतिनिधि, पुजारी र गुरु हुनुहुन्थ्यो”,