१८ पुस, काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित रहेको बालगायकको रुपमा चिनिने सचिन परियारको मृत्यु भएको छ ।
आज बिहान १० बजे उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो। केहि दिन यता सचिनको स्वास्थ्यमा समस्या आएपछि उनका बुवा तेजेन्द्र परियारले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको माग गर्दै आएका थिए।
गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो समयका कलाकारहरुसँग अभिनय समेत गरेका छन्।