समाचार

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध पक्राउ पूर्जी जारी

२२ पुस, काठमाडौँ । एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप लागेपछि बर्खास्तीमा परेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोख्रेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो । मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने अनिल पोखरेलले छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ३० हजार लिएका थिए । सो प्रकरण बाहिरिएपछि गत शुक्रबार उनी स्वकीय सचिवबाट बर्खास्तीमा परेका थिए ।