२३ पुस, काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे छानबिन गर्नको लागि संसदीय समिति बनाउन माग गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसद खनालले यस्तो माग गरेका हुन् ।
उनले वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको बताउँदै नेपाली मुलका बेलायती नागरिक दीपक शर्माले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेको प्रसंग निकालेका छन् ।
नेताहरूका अनुसार यस्तो माग गर्ने विषयमा रास्वपाभित्र समेत छलफल भएको थियो । पार्टीभित्रकै छलफलपछि सांसद खनालले मंगलबारको बैठकमा यस्तो माग राखेका हुन् ।