२५ पौष, काठमडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले आफू वेलायत जान लागेको जाकारी दिएका छन् ।
उनले ट्वीट गर्दै नेपाली कांग्रेस र बेलायतको लेबर पार्टी बिच वि पी कोइरालाको समयदेखि नेपाल र बेलायतबिच सम्बन्ध रहि आएको बताउँदै बेलायतमा रहँदा लेबर पार्टीका मन्त्री, सांसद र बिपक्षी दलका नेताहरुसँग भेटघाट र कुराकानी हुने जनाएका छन् ।
वरिष्ठ नेता डा कोईरालाले यही १३ जनवरी २०२५ (२९ पौष २०८१) का दिन बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा भाग लिन आज त्यसतर्फ जाँने बताएका छन् ।
उनले दिएको जानकारीः
यही १३ जनवरी २०२५ (२९ पौष २०८१) का दिन बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा भाग लिन आज त्यसतर्फ जाँदैछु ।
नेपाली कांग्रेस र बेलायतको लेबर पार्टी बिच वि पी कोइरालाको समयदेखि नेपाल र बेलायतबिच सम्बन्ध रहि आएको छ । बेलायतमा रहँदा लेबर पार्टीका मन्त्री, सांसद र बिपक्षी दलका नेताहरुसँग भेटघाट र कुराकानी हुनेछ ।