समाचार

रवि र छविलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

२५ पुस, काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

जिल्ला अदालत कास्कीले बिहीबार थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई ६५ रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

साथै पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । आज बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलगायत ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।