गण्डकी प्रदेश

रविलाई धरौटीमा रिहा गरिने भएपछि पोखरामा खुशियाली

२५ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । आदेशमा रविसँग ६५ लाख धरौटी मागिएको छ । धरौटी रकम बुझाएलगत्तै लामिछाने रिहा हुनेछन् ।

कास्की जिल्ला अदालतबाहिर रविका समर्थकहरुले नाराबाजी लगाएका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् ।