समाचार

पुर्वराजा ज्ञानेन्द्रले पृथ्वी जयन्तीको अवसरमा भावुक हुँदै यसो भने !

२५ पुस, काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाहले नेपाल कसैको रणमैदान होईन भन्दै टिप्पणी गरेका छन् ।

आज साझँ ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा एउटा भिडियो सार्बजानिक गर्दै उनले यस्तो बताएका हुन् ।

भिडियोमा बोल्दै उनले श्री ५ बडामहाराजाधिराज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन् ।

उनले भिडियोमा भनेका छन् “नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हून्छ भन्ने हाम्रो धारणा हो । राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यता जानुपर्छ । समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ ।”