सामाजिक सञ्जाल

काँग्रेस नेता मीन विश्वकर्मा भन्छन्ः छवि र रविलाई ८८ लाख, ६५ लाख धरौटी निर्दोष भएकाले मागिएको होईन

२५ पौष, काठमाडौं । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले ८८ लाख, ६५ लाख धरौटी निर्दोष भएकाले मागिएको होईन भन्ने सबैले बुझ्नुपर्ने बताएका छन् ।
८४ दिनपछि रवि लामिछाने र छविलाल जोशीलगायतका सहकारी ठगीसँग जोडिएका ब्यक्तीहरु अदालतको आदेशले धरौटीमा रिहाइ भएपछि निर्दोश भनेर गरिएको हल्ला प्रति पूर्व मन्त्रीसमेत रहेका उनले यो रविजीलाई मात्र होईन सवैलाई धरौटी खोलिदिएको छ ! केही रकम धेर थोर मात्रै हो !
जसरी मुद्दा लाग्नसाथ कोही दोषी ठहर हुदैनन् त्यसै गरी सादा तारिख वा धरौटीमा छुटेका सवै निर्दोष हुदैनन् भनेका छन् ।

नेता विश्वकर्माको भनाईः

आदरणीय साथीहरू, आज कास्की जिल्ला अदालतवाट गरिएको निर्णय फैसला होईन ! मुद्दाको किनारा नलागे सम्म प्रतिवादीलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने विषयमा भएको आदेश मात्र हो ! यो रविजीलाई मात्र होईन सवैलाई धरौटी खोलिदिएको छ ! केही रकम धेर थोर मात्रै हो !
जसरी मुद्दा लाग्नसाथ कोही दोषी ठहर हुदैनन् त्यसै गरी सादा तारिख वा धरौटीमा छुटेका सवै निर्दोष हुदैनन !
आज भएको जिल्ला अदालतको आदेशले दोषि निर्दोषी कायम गरेको होइन वरू “ प्रतिवादीलाई आजै कसूरदार होईनन भन्न नसकिने भएकोले पछि मुद्दा हेर्दै जादा प्राप्त प्रमाण वमोजिम ठहर्ने गरि” अभियोग पत्रमा दावि गरिएको कसूरका आधारमा फरक फरक रकम धरौटी खोलिदिएको वुझिन्छ !
सवै अभियुक्तलाई धरौटी माग्नु र रकम फरक हुनुले वुझ्नुपर्छ की ८८ लाख, ६५ लाख धरौटी निर्दोष भएकाले मागिएको होईन ! कानूनी प्रकृया वुझ्न आवश्यक छ ! असल नागरिकले अदालतको सम्मान गर्दै निर्णय पालना गर्ने हो न कि जिन्दावाद वा मुर्दावाद !!