समाचार

स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेको बयान सुरु

२८ पुस, काठमाडौँ । काठमाडौँ स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रबि लामिछानेको बयान सुरु भएको छ ।

बयान न्यायाधीश माधव अधिकारीको इजलासमा सुरु भएको हो ।

गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका छन् ।