बाग्मती

पत्रकार शेर्पालाई पितृशोक

१ माघ, काठमाडौं । समाजसेवी, पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवं अपटुडेट साप्ताहिकका सम्वाददाता पासाङकाजी शेर्पाका पिता पासाङ तेम्बा शेर्पाको ८५ बर्षको उमेरमा असामयिक निधन भएको छ ।

काठमाडौंको मेट्रो हस्पिटलमा उपचार्थ भर्ना हुनु भएका शेर्पाको गत पुस २२ गते आफ्नै निवासस्थान काठमाडौंको बुढानिलकण्ठस्थित हात्तीगौडामा निधन भएको हो । बौद्ध संस्कार र पराम्पराअनुसार स्वर्गीय शेर्पाको अन्त्येष्टी कार्यक्रम गत पुस २६ गते गरिएको थियो । शेर्पा संस्कारअनुसार स्वर्गीय आत्माको चीरशान्तिका लागि ४९ दिनसम्म विभिन्न पूजा गर्ने प्रचलन रहेको छ ।

सोलुखुम्बु जिल्लाको चौरीखर्कमा जन्मनु भएका स्व. पासाङ तेम्बा शेर्पा समाजसेवी हुनुहुन्थ्यो । उहाँले सोलुखुम्बुको चौरीखर्क र खरिखोला लागयतका स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।