२ माघ, काठमाडौँ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि आक्रमण भएको छ ।
सहकारी पिडीतको तर्फबाट बहस गर्न पुगेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा रविका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
समर्थकले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो ।





