राजनीति

रविको अदालतले न्याय दिएको भन्ने अभिव्यक्तिप्रति गोकुल बाँस्कोटाको टिप्पणी, ‘अझै तीन परिसर चाहर्न बाँकी छ जस्तो छ ?’

३ माघ, काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले बाघ र निलो रङ्गे स्यालको फरक कहिले छुट्टेला ?भनेर प्रश्न गरेका छन् । 

रवि लामिछानेको अदालती मुद्दाको विषय र रविका कार्यकर्ताले अधिवक्ता दिनेश त्रिपाठीलाई गरेको दुब्र्यबहारको प्रसङ्गलाई जोड्दै बाँस्कोटाले आक्रामक हुँदै उक्त कुरा बताएका हुन् । 

बाँस्कोटाले न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसन भन्दा तीन गुणा बलशाली रहेको प्रमाणित भयो। अझै तीन परिसर चाहर्न बाँकी छ जस्तो छ ? भन्ने कडा प्रश्न पनि तेर्स्याएका छन् । 

उनले ट्विट गर्दै लेखेका छन् , 

‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसन भन्दा तीन गुणा बलशाली रहेको प्रमाणित भयो।अझै तीन परिसर चाहर्न बाँकी छ जस्तो छ ? कति कालिकोट धुजा धुजा हुने हुन? टेलर्स, मिडिया, मेडिकल ,मःम ,मकै सबै चल्ने भए। बाघ र निलो रङ्गे स्यालको फरक कहिले छुट्टेला ?’