राजनीति

देउवालाई मन्त्रीहरुको ब्रिफिङः अ‍ोली सरकारमा काम गर्न समस्या छ

३ माघ, काठमाडौँ । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुलाई मन्त्रालयगत प्रगति विवरण जानकारी गराएका छन् ।

आज सभापति देउवा निवास बुढानीलकण्ठमा आयोजित कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा मन्त्रीहरुले काम गर्ने क्रममा आइपरेका समस्या र चुनौतिहरुसहित प्रगति विवरण सुनाएका हुन् । सो क्रममा मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबाट काम गर्ने क्रममा प्रत्यक्ष अप्ठ्यारो नभएपनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरुले बताएका छन् ।

‘कति कुराहरु सोंचे अनुसार फास्ट हुनुपर्ने, त्यो कुराहरु कुनै न कुराबाट कहीँ न कहीँबाट अप्ठ्यारा महसुस हाम्रा साथीहरुले गर्नुभएको छ, हाम्रा नेताहरु मिलेर समस्या समाधान गर्ने उपायहरु बताइरहनु भएको छ ।’ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।