३ माघ, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो भनेका छन् ।
उनले ट्वीट गर्दै यस्ता कार्यको सवै मिलेर निन्दा गरौं, दोषिमाथि कारवाही गर्न ढिला नगरौं भनेका छन् ।
वेलायत भ्रमणमा निस्किएका डा कानेईरालाले रास्वपा कार्यकर्ताले गरेको अधिवक्ता त्रिपाठीमाथीको आक्रमणको निन्दा गरेका हुन् । बुधबार रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएलगत्तै अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रास्वपा कार्यकर्ताले आक्रमण गरेको समाचार आएको थियो ।
उनको ट्वीटः
लोकतन्त्रमा कुनै वहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो । यस्ता कार्यको सवै मिलेर निन्दा गरौं । दोषिमाथि कारवाही गर्न ढिला नगरौं ।
