खेलकुद

चौदण्डीगढी नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता हुँदै

५ माघ, गाईघाट । यहाँको चौदण्डीगढी नगरपालिकामा सोमबारदेखि छैटौँ संस्करण मेयर कप फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ ।

नगरको बसाहास्थित नारदमुनि खेल मैदानमा औपचारिक रूपमा मेयरकप प्रतियोगिता फुटबल खेल प्रतियोगिता सञ्चालनको तयारी पूरा गरिएको चौदण्डीगढी नगरखेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए ।

नगरभित्रका आठ समूहले खेलमा सहभागिता जनाउने नगरखेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रू ५५ हजार र कप प्रदान गरिनेछ भने दोस्रो टिमलाई नगद रू ३५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।