५ माघ, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अहिलेको कांग्रेस एमालेको सरकार कुनै हालतमा पनि नढल्ने दाबी गरेका छन् ।
आज वालिङमा भएको कांग्रेसको सय दिन बिशेष अभियानमा बोल्दै उनले अर्थतन्त्रको सुधारका लागि अहिलको सरकार अपरिहार्य रहेका टिप्पणी गरेका हुन् । अहिलेको सञ्चार माध्यममा फैलिएको सरकार ढल्ने हल्लाको पछि नलाग्न समेत आग्रह गरेका छन् ।
‘संविधान संशोधन कांग्रेस र एमालेको लागि मात्रै चाहिएको होइन, सबैलाई चाहिएको छ । संशोधनमा सबैलाई समेटिन्छ,’ गुरुङले भने ।