९ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले देश संयन्त्रले नभई सरकारले चलाउन पर्ने उनले दाबी गरेका छन् ।
आज कोईराला निवासमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्र गरी देश चलाउन लागेको उनले आरोप लगाएका हुन् ।
उनले पत्रकारसगं कुरा गर्दै भनेका छन् “संयन्त्रले देश संयन्त्रले चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री, यो गलत हो, विलकुल गलत हो”
दुई दलले वडा तहसम्म संयन्त्र बनाएर काम गर्ने सहमति गरेका छन् । डाक्टर कोइरालाले संयन्त्र बनाउने काम गलत भएको टिप्पणी गरे। “हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन सरकारले चलाउने हो, कुरा बुज्नु भयो ? “