समाचार

रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु

९ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही अदालतमा बयान सुरु भएको छ ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार बेलुका भैरहवा पुगेका थिए । जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा रविको बयान सुरु भएको हो ।

बयानपछि यो मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्ने छन् । लामिछानेकातर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने तयारी गरेका छन् ।

उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा मुद्दा दायर भएको थियो ।