१० माघ, काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाका बीचको सम्बन्ध लामो समय टिक्ला जस्तो लाग्दैन भन्ने आंकलन गरेका छन् ।
उनले ट्वीट गर्दै देउवाको मनको कुरा बुझ्न सकेको भए माओवादीका अध्यक्ष प्रचण्ड अहिलेसम्म प्रधानमन्त्री रहने थिए भन्दै उक्त आँकलन गरेका छन् ।
पछिल्लो समयमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनिरहेका बेला उनको उक्त आँकलन आएको हो । पुराना पत्रकार एवं राजनीतिक विश्लेशक नेपालको अनुमान अर्थपूर्ण देखिन्छ ।
पुष्पकमल दहाल नेतृत्वको सरकार गिराउँदै काँग्रेस र एमालेको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन् ।
उनको ट्वीटः
लाग्दैछ, एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाका बीचको सम्बन्ध लामो समय टिक्ला जस्तो लाग्दैन । देउवा मनको कुरा कहँदैनन । देउवाको मनको कुरा बुझ्न सकेको भए माओवादीका अध्यक्ष प्रचण्ड अहिलेसम्म प्रधानमन्त्री रहने थिए !
