११ माघ, धरान (सुनसरी) । धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङ्गले आफूले जे गरेपनि मुद्धा लगाउने गरेको भन्दै असन्तुष्टी पोखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै असभ्य भाषामा गाली गर्दै भनेका छन्, ‘चोर फटाहा डाका गधाहरुलाई लात्तैलात्ताको सलाम ठोक्न मन लाइराछ कशम !’ उनले अख्तियार दुरुपायेग अनुसंधान आयोगमा मुद्धा लगाएकोमा हो वा अन्य केमा हो खुलाएका छैनन् तर आफूलाई काम गर्न खोज्दा मुद्धा लगाएर हैरान गरेको भन्दै हर्क साम्पाङ रिभोलुसन नामक फेसबुकमा उक्त असन्तुष्टी पोखेका हुन् ।
उनले भनेका छन्ः
विरुवा रोप्छु मुद्दा लाउँछन ! ढुङ्गा बोक्छु मुद्दै लाउँछन् ! पाइप तान्छु मुद्दै लाउँछन् ! पानी ल्याउँछु मुद्दै लाउँछन् ! उद्योग खोल्छु मुद्दै लाउँछन् ! फ्याक्ट्री खोल्छु मुद्दै लाउँछन ! बाटो बनाउँछु मुद्दै लाउँछन् ! पार्क बनाउँछु मुद्दै लाउँछन् ! स्कूल बनाउँछु मुद्दै लाउँछन ! साँस्कृतिक सम्पदा बनाउँछु मुद्दै लाउँछन् ! श्रमदान गराउँछु मुद्दै लाउँछन् ! चोर फटाहा डाका गधाहरुलाई लात्तैलात्ताको सलाम ठोक्न मन लाइराछ कशम् !
