समाचार

जग्गा अतिक्रमण भएको थाहा पाए सरकारले फिर्ता ल्याउँछ  : उपप्रधानमन्त्री सिंह

१२ माघ, काठमाडौँ । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मिचिएका सरकारी जग्गा सरकारले फिर्ता ल्याउने घोषणा गरेका छन् । आज बुद्धनगर टोल सुधार समितिले आयोजना गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक जग्गा अतिक्रमण भएको थाहा पाए सरकारले फिर्ता ल्याउने उद्घोष गरे । उनले व्यवस्था परिवर्तन सँगसँगै देशमा विकास पनि भैरहेको बताए ।

“सरकारले नीति बनाएको छ । कानून पनि छ । सार्वजनिक जग्गा त सार्वजनिक नै रहनुपर्‍यो नि सार्वजनिक जग्गा कसैले अतिक्रमण गरेर राख्यो भने त्यसरि हडपेको जग्गा सरकारले फिर्ता ल्याउँछ । ठाउँ ठाउँमा अहिले फिर्ता पनि भइसकेको छ ।”उनले सरकारले नागरिकको जीवन र जिविका सहज बनाउन लागिरहेको बताए ।