२१ माघ, काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बैठक सुरु भएको हो।
दाहालको सचिवालयका अनुसार नेताहरूको कार्य विभाजन र पार्टीले सुरु गर्न लागेको अभियानको कार्य योजना बनाउनेबारे बैठकमा छलफल हुनेछ। पुस २१-२३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले नेताहरूको कार्य विभाजन गर्ने निर्णय गरेपछि त्यसलाई टुङ्ग्याउने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो।
विशेष गरी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे नेताहरूबिच सहमति हुन सकेको छैन। यसअघि पनि कार्य विभाजनबारे छलफल भए पनि टुङ्गिएको थिएन।