२१ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोकेको छ। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
बैठक पछि उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले दिएको जानकारी अनुसार, काेशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेस प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।
विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, युरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा छन् ।
यसअघि उपाध्यक्ष सापकोटा बागमती र युरोप अमेरिका प्रवास इन्चार्ज पम्फा भुसाल रहेकी थिइन् ।